Connect with us
Advertisement

प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबलः उपाधी जित्ने आयोजकको दाबी

Published

on

विराटचोकः आज दिउँसो १ बजे प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल प्रस्तावित इन्द्रपुर रङ्गशालामा हुँदैछ । फाइनलमा आयोजक नेपाल मुस्लिम युवा समूह विराटचोक र भाङबारी फुटबल क्लब झापाबीच प्रतिष्पर्धा हुने भएको छ ।

आयोजकले सेमीफाइनलमा बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल पूर्वाञ्चललाई हराएको थियो भने झापाले वराह स्पोर्टिङ क्लब सुनसरीलाई हराएको थियो ।

यसैबीच, उपाधि हात पार्न खेलको रणनीति परिवर्तन गरिने आयोजकका टिम प्रशिक्षक मोहम्मद इब्राहिमले बताए । ‘खेलमा जीत र हार हुनु स्वाभाविक हो । विपक्षी टिमलाई कहिल्यै कमजोर ठान्नुहुँदैन’, निष्पक्ष खबरसँग कुराकानी गर्दै इब्राहिमले भने, ‘ए डिभिजन खेल खेल्ने खेलाडीको साथ प्रतिष्पर्धात्मक खेल खेल्ने हुनाले हामीले उपाधी जित्नेमा ढुक्क छौँ ।’

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख रुपैयाँको साथमा ट्रफी पाउने आयोजक समूहका अध्यक्ष इफ्तखार आलम (राजा) ले बताए ।

यसैबीच, हिजो भएको मैत्रीपूर्ण खेलमा प्रतियोगिताको मुख्य प्रायोजक पीएलओ लुब्रिकेन्ट्स र उद्योग वाणिज्य सङ्घ कोशीहरैँचा दुवैले १–१ गोल गरेका थिए । मैत्रीपूर्ण खेल भएकाले प्रतियोगी टिमको आग्रहमा नै हारजीतको निर्णय नगरिएको खेल संयोजक तारिक अन्बरले बताए ।

Continue Reading

Facebook Comment

13 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक